महोत्तरी–महोत्तरी गाउँ पालिकाले नेपाली यू–१९ क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई सम्मान गरेको छ । पूजाको कप्तानीमा गतसाता नेपाली यू १९ महिला क्रिकेट टोली इतिहास रच्दै आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल भएको थियो ।
शुक्रबार आयोजित कार्यक्रममा महोत्तरी गाउँपालिकाका प्रमुख दिलिप पाण्डेले ५१ हजारसहित प्रशंसा पत्र र दोसल्ला ओढाएर महतोलाई सम्मान गरेका हुन् । कार्यक्रममा नेपाली यू–१९ क्रिकेट टोलीकी कप्तान महतोले देशको शिर उच्च पार्न आफू अविचलित भएर लाग्ने बताइन् ।