काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै पार्टीका नेता कार्यकर्ताद्वारा घेराबन्दीमा पर्दै गएका छन् । पार्टी सञ्चालनको विधि र पद्धतिमाथि प्रश्न उठाउँदै नेता कार्यकर्ताले प्रचण्डको कार्यशैलीमाथि तीव्र आलोचना र आक्रोश व्यक्त गरेका हुन् ।
नेता कार्यकर्ताले पार्टी सञ्चालनको अहिलेको तरिका फेर्न अध्यक्ष प्रचण्डलाई दबाब दिएका छन् । केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीले मात्रै होइन, जिल्ला तहसम्मै पार्टी सञ्चालनको विषयमा प्रश्न उठेको छ ।
बागमती प्रदेश परामर्श समितिको बुधबार बिहिबार बसेको बैठकमा अझ धेरै नेता कार्यकर्ताले तत्काल पार्टी अध्यक्ष प्रचण्डको विकल्प नभएपनि पार्टी संगठन र सञ्चालनको शैली प्रभावकारी हुन नसकेको भन्दै आलोचना गरेका छन् ।


















