काठमाडौँ-सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदलका लागि अझै पनि प्रयत्न गरिरहेको बताएका छन् ।
कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको बृहत चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले काङ्ग्रेसलाई प्रधानमन्त्री बनाउन प्रचण्डले पटक-पटक खबर पठाइरहेको बताए ।
‘अहिले पनि हप्तामा एकपटक प्रचण्डले कांग्रेसलाई खबर पठाइरहनु हुन्छ’, चुनावी सभामा कांग्रेस महामन्त्री थापाले भने, ‘खबर पठाउने काम पहिले अर्कैले गर्थ्यो।’