३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

सुगम टोलको सडक स्तरोन्नति हुँदै



बिर्तामोड– बिर्तामोड नगरपालिका वडा नम्बर ६ सुगम शान्ति टोलस्थित रोड नम्बर ५ को सडक स्तरोन्नति कार्य धमाधम भइरहेको छ ।

नगरपालिकाको १० लाख र स्थानीय उपभोक्ताको २ लाख ४८ हजार ८७५ रुपैयाँ लागत साझेदारी सडक बनिरहेको हो । कुल १२ लाख ४८ हजार ८७५ रुपैयाँमा १ सय मिटर लम्बाई र १६ फुट चौडाई ( प्लमको भाग बाहेक) सडकको स्तरोन्नति कार्य भइरहेको छ ।

सडकको दुबैतर्फ प्लम निर्माण कार्य सम्पन्न भएको छ ।अबको एक हप्तापछि पेवर्स लगाउने कार्य सुरु हुने उपभोक्ता समितिका अध्यक्ष गोकुल श्रेष्ठले बताए ।

सडकको निर्माण सम्पन्न गर्नु पर्ने अन्तिम म्याद आगामी माघ ३० गतेसम्म रहेको छ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार ००:००  ८ : ४१ बजे