ताप्लेजुङ-श्रीजङ्गा गाउँपालिका-३ को वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन निर्वाचित भएकी छन् । आइतबार भएको उपनिर्वाचनमा ३५६ मत प्राप्त गरी सावादेन निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले बताए ।
सावादेनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका अम्वी सावादेनले २५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भीमकुमार लक्सवाले २१८ मत प्राप्त गरेका छन् ।
एक हजार ५२८ मतदाता रहेको उक्त वडामा ८९२ मत खसेको थियो । त्यसमा नौ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । यसअघि निर्वाचित वडाध्यक्ष दिलप्रसाद बोखिमले राजीनामा दिएपछि त्यहाँ उपनर्वाचन भएको हो ।