१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

कोशी प्रदेशका कानुनमन्त्री अधिकारीले दिए राजीनामा



झापा- कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । सरकारी निर्णयविना जापान भ्रमणमा गएको खुलेपछि अधिकारीले बुधवार राजीनामा दिएका हुन् ।

मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगरी अधिकारी जापान गएका थिए । भ्रमणको विषय विवादमा परेपछि उनले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएका हुन् ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ। कूटनीतिक मर्यादाविपरीत अधिकारीले जापान भ्रमण गरेको जनाइएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार ००:००  १ : १४ बजे