बारा-प्रहरी राष्ट्रिय अनुसन्धान विभागका इन्स्पेक्टर श्रीकान्त तिवारी पक्राउ परेका छन् । प्रहरी कर्मचारीको हत्या अभियोगमा उनलाई बारा प्रहरीले पक्राउ गरेको हो ।
घटनामा शंकास्पद भूमिका देखिएकाले इन्स्पेक्टर तिवारीलाई पक्राउ गरिएको बाराका एसपी महेन्द्र खड्काले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
एक साता अघि प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बा जितपुर सिमरा उपमहानगरपालिका ११ अमार्डर स्थित पुल छेउमा निजी कारभित्र मृत फेला परेका थिए ।
एसपी खड्काका अनुसार घटनास्थलमा फेला परेको कार इन्सपेक्टर तिवारीको हो । रुम्बालाई टाउकामा गोली हानेर हत्या गरिएको पुष्टि भएको छ ।