बिर्तामाेड-झापाको पाडाजुँगीमा स्थानीयले यात्रुवाहक बसमा शनिवार दिउँसो आगजनी गरेका छन् । सवारी दुर्घटनामा मानिसको मृत्यु भएपछि आक्रोशित भीडले बसमा आगो लगाएकाे हाे ।
पूर्वबाट पश्चिम जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र. १-०१-००१ख ३४३५ नम्बरको बसले ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलमा सवार मोरङको केराबारी-७ का पदम राईको घटनास्थलमै मृत्यु भएको थियोे । राईको मृत्यु भएपछि आक्रोशित भीडले बसमा आगाे लगाएको प्रहरीले जनाएको छ । घटनापछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएकाे छ ।