१२ चैत्र २०८१, बुधबार | Thu Mar 27 2025

बजेटप्रति सत्तारुढ दलभित्र असन्तुष्टि



झापा-आगामी आर्थिक वर्षको बजेटलाई लिएर सत्तारुढ दलभित्र असन्तुष्टि बढेको छ । सत्ता घटक दलहरू आरोप प्रत्यारोपमा उत्रिन थालेका छन् ।

संसदमा बजेटमाथिको छलफल चलिरहँदा त्यसमाथि गहिरो टिका टिप्पणी भइरहेको हो । बजेटप्रति सत्ता घटक नेकपा एमालेले नै सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा अहिलेको बजेट माओवादी पार्टीको हो कि सरकारको हाे ? भन्दै आलोचना गरेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेलले समेत संसदको रोस्ट्रममा उभिएर परामर्श नगरी बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बजेटप्रति नेकपा एकीकृत समाजवादी पनि सन्तुष्ट छैन। समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन बन्दादेखि नै असन्तुष्ट छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बजेटका विषयमा सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरिरहेकै छ । सत्ता साझेदार दलहरूबीचको असन्तुष्टि र घोचपेचले प्रधानमन्त्री प्रचण्डलाई भने दबाबमा राखेको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार ००:००  ८ : २९ बजे