२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

एमालेसँग तत्काल एकताको सम्भावना छैन : अध्यक्ष नेपाल



काठमाडौँ– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।

पार्टीको कोशी प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले एमालेसँग एकताको सम्भावना नरहेको दोहोर्याएका हुन् ।

राष्ट्रिय राजनीतिमा गहिरिएको संकट समाधानका लागि समाजवादी शक्तिहरू एकजुट हुनुपर्नेमा नेता नेपालको जोड छ । अध्यक्ष नेपालले समाजवादी मोर्चा पुनर्गठन गरेर अगाडि बढ्ने बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार ००:००  ९ : ४६ बजे