३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्पताल भर्ना



झापा-साइबर अपराधको अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्पताल भर्ना भएका छन् । प्रसाईँलाई बिहिबार अपरान्ह ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल हरिसिद्धि भर्ना गरिएको हो ।

म्याद थपका लागि अदालत लगिएका बेला मेडिकल व्यवसायी प्रसाईले आफू क्यान्सर रोगी भएको र उपचार समेत नपाएको गुनासो गरेका थिए । अदालतले उनको उपचार व्यवस्था भरपर्दो र प्रभावकारी बनाउन निर्देशन दिएको थियो ।

प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका प्रसाई मङ्सिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार ००:००  ६ : ४५ बजे