झापा-राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिना एक दिन सार्वजनिक स्थलमा पुग्ने भएका छन् । सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रमअनुसार यस्तो कार्यक्रम तय भएको हो ।
सार्वजनिक स्थलमा पुगेर आम नागरिकसँग संवाद गर्ने र स्थानीयको गुनासो सुन्ने कार्यतालिका बनाइएको छ । कार्यक्रम अन्तर्गत पहिलोपटक राष्ट्रपति पौडेल शुक्रबार भक्तपुर दरबार स्क्वार जाँदैछन् ।
राष्ट्रपति पौडेल बिहान ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।


















