२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

नेपाल हेल्थ समिट आयोजना गर्ने सरकारको निर्णय



काठमाडौँ– सरकारले नेपाल हेल्थ समिट आयोजना गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मंगलबार हेल्थ समिट सम्बन्धी निर्णय सार्वजनिक गर्दै तयारी तथा व्यवस्थापनको काम भइरहेको बताएका हुन् ।

सरकारले स्वास्थ्य क्षेत्रमा विश्वभर क्रियाशील नेपाली विज्ञहरूको सहभागितामा नेपाल हेल्थ समिट आयोजना गर्न लागेको हो । स्वास्थ्य क्षेत्रमा अल्पकालीन र दीर्घकालीन योजना बनाउने गरी समिट गर्न लागिएको मन्त्री पौडेलले बताए ।

स्वास्थ्य मन्त्रालयले हेल्थ समिटको तयारीका लागि डाक्टर प्रकाश थपलियाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल पनि गठन गरेको छ । कार्यदलमा स्वास्थ्य क्षेत्रका विभिन्न विज्ञ व्यक्तित्वको सहभागिता छ ।

कार्यदलबाट प्राप्त सुझावका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हेल्थ समिटको मिति र आवश्यक कार्यढाँचा तय गर्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार ००:००  ९ : ४४ बजे