२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

कोशी प्रदेशकाे नाम विरुद्ध मङ्सिरदेखि आन्दोलन घोषणा



झापा-काेसी प्रदेशको नामको विषयलाई लिएर भइरहेको आन्दोलनलाई निर्णायक बनाउने गरी छलफल चलिरहेको प्रदेश १ पुन नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ ।

ताप्लेजुङ सदरमुकाम फुङलिङमा असार १ र २ गते बसेको संघर्ष समितिको बैठकले आगामी मङ्सिरदेखि निर्णायक आन्दोलन गर्ने गरी तयारी थाल्ने निर्णय गरेको हो ।

स्थानीय तहबाट समानान्तर सत्ता अभ्यास गर्ने तयारीसहित मङ्सिरदेखि निर्णायक आन्दोलन आन्दोलन थाल्ने निर्णय भएको किराँत याक्थुङका अध्यक्ष प्रेम एक्तेन बताए ।

किरात राई यायोख्याका केन्द्रीय महासचिव अर्जुन जम्नेलीका अनुसार बैठकले मङ्सिर २ गते विराटनगरमा विशाल जनप्रदर्शनसहित नयाँ चरणबाट आन्दोलन सुरु गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार ००:००  ८ : ५० बजे