९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

सर्पले डसेर केचनामा नाबालिकाको मृत्यु



केचना -गोमन सर्पको डसाईबाट दक्षिणी झापाको कचनकवलमा एकजना नाबालिकाको ज्यान गएको छ ।

कचनकवल गाउँपालिका वडा नम्बर ३ ठूलो केचना घर भएकी मनिषा राजवंशीको सर्पको डसाईबाट मृत्यु भएको हो ।

स्थानीय हरिप्रसाद राजवंशीकी १२ वर्षीया छोरी मनिषालाई भण्डार कोठाको टेबल निकाल्ने क्रममा मङ्गलबार साँझ गोमन सर्पले डसेको थियो ।

लगत्तै उपचारका लागि लगिएकी मनिषाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार ००:००  ८ : ४७ बजे