५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

खुकुरी हानेर भागेका सदा सप्तरीबाट पक्राउ



बिर्तामाेड-सप्तरीकाे राजविराज ११ घर भएका रुपेश सदा पक्राउ परेका छन् । सप्तरीकाे विषनपुरबाट सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार सदा शनिवार दिउँसो झापाको कमल गाउँपालिका-६ की ३१ वर्षीया सुमित्रा ऋषिदेवलाई धारिलाे हतियार प्रहार गरेर भागेका थिए ।

सुमित्राकाे टाउको र हातमा गम्भीर चाेट लागेकाे छ । सदा कमल गाउँपालिका-६ मा बसेर सिटी सफारी चलाउँदै आएका थिए ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार ००:००  ९ : ५५ बजे