८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

दशनामी समाजद्धारा अधिवेशनको मिति तय



बिर्तामोड- नेपाल दशनामी समाज झापाले गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशनको मिति तोकेको छ । समाजले भदौं मसान्तसम्ममा गाउँपालिका तथा नगरपालिकाको, कार्तिक मसान्तसम्म क्षेत्रको र चैत मसान्तसम्ममा झापा जिल्लाको अधिवेशन गर्ने भएको हो ।

समाजका झापा अध्यक्ष केदार गिरीको अध्यक्षता तथा केन्द्रिय संरक्षक भरतलाल गिरीको प्रमुख आतिथ्यमा बिर्तामोडमा शनिवार बसेको पूर्ण बैंठकले अधिवेशनको मिति तय गरेको झापा सचिव युवराज गिरीले जानकारी दिए ।

कार्यक्रममा केन्द्रिय सह कोषाध्यक्ष गोबिन्द गिरी, पूर्व केन्द्रिय सदस्य लवकुश गिरी, समाजका कोशी प्रदेश सदस्य कृष्ण बन, सिता भारती, झापा पूर्व अध्यक्ष खिलबहादुर गिरी (राजु), झापा उपाध्यक्ष सन्तोष गिरी, सह–सचिव हर्कलाल गिरी, कोषाध्यक्ष बालकृष्ण गिरी, बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरी, अर्जुनधारा नगर अध्यक्ष होमनाथ पुरी, मेचीनगर नगर अध्यक्ष भूपेन्द्र गिरी, भद्रपुर नगरका इन्द्र बन लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार ००:००  १२ : ५४ बजे