११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

प्रेस सेन्टर झापाको अध्यक्षमा खँड्का



बिर्तामोड-प्रेस सेन्टर झापाको नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको दशौँ जिल्ला अधिवेशनबाट पुष्प खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

अध्यक्षमा चयन भएका खड्का यसअघि प्रेस सेन्टरमा सचिव थिए । सेन्टरको उपाध्यक्षद्वयमा हाेमप्रकाश अधिकारी र सन्तोष शर्मा चयन भएका छन् ।

अधिवेशनले सचिवमा प्रकाश उप्रेतीलाई चयन गरेको छ ।सहसचिव द्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ छानिएका छन् ।

अधिवेशनले कोषाध्यक्षमा मनोज तिवारीलाई चयन गरेको छ । सदस्यहरूमा टीकाराम बाँस्तोला भोला तिम्सिना र पर्वत तामाङ छानिएका छन् ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार ००:००  ८ : ०२ बजे