झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि मित्रराष्ट्र चीनमा उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ । सोमबार चारदिने भ्रमणका लागि प्रधानमन्त्री ओली बेइजिङ पुग्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले आज चिनियाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गर्नुहुनेछ । त्यसपछि चिनियाँ जनकांग्रेसका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
बेग्लाबेग्लै यी भेटवार्तापछि राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । भेटवार्तापछि द्विपक्षीय सहयोग आदानप्रदान लगायतका विषयमा सम्झौता हुनेछ ।