काठमाडौँ-काभ्रेको पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँचखाल-१३ स्थित लामीडाँडामा बिहीबार साँझ भएको दुर्घटनामा ट्रकका चालक र सह चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चालक ३५ वर्षीय कुमार रोका र सह चालक २६ वर्षीय माइला रोका रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । डीएसपी मीनबहादुर घलेले बा ५ ख २२०२ नम्बरको निशान मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको बताए ।