१ असार २०८२, आइतबार | Sun Jun 15 2025

अनुदानमा अर्बौँ खर्च : बढेन खाद्यान्न, फलफुल र तरकारीको उत्पादन



झापा-कृषि उत्पादन बढाउने सरकारको लक्ष्य वर्षेनि असफल हुँदै आएको छ । राज्यले वर्षेनी अर्बौँ रुपैयाँ खर्च गर्दै आएको भएपनि उत्पादन लक्ष्य भेट्ने प्रयास असफल भएको हो ।

महालेखा परीक्षाको कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा सरकारले कृषि अनुदानमा ३६ अर्ब चार करोड रुपैयाँ खर्च गरेको छ ।

खाद्यान्न, तरकारी र फलफुलको उत्पादन बढाउन अनुदान रकम उपलब्ध गराइए पनि अपेक्षित सफलता हासिल हुन नसकेको हाे ।

कृषक समूह महासङ्घ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारी किसानले भन्दा गैर किसानले अनुदान रकम प्राप्त गरेकाले उत्पादन बढ्न नसकेको बताउँछन् ।

अनुदान रकम दुरुपयोग भएका कारण अर्बौं रुपैयाँको खाद्यान्न र तरकारी आयात गर्नुपरेको अध्यक्ष अधिकारीको तर्क छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार ००:००  ९ : २२ बजे