१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

करेन्ट लागेर सिटी सफारी चालकको मृत्यु



सुनसरी- करेन्ट लागेर शनिवारराति एकजना सिटी सफारी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ४ घर भएका भिखन चौधरी रहेका छन् ।

सिटी सफारी चार्ज गर्ने क्रममा राति आठ बजेतिर चौधरीलाई करेन्ट लगोको थियो । करेन्ट लागे लगत्तै ५५ वर्षीय चौधरीको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार ००:००  ३ : २८ बजे