२ असार २०८२, सोमबार | Tue Jun 17 2025

नेकपा एमालेद्वारा बस्नेतलाई वडाध्यक्षको उम्मेदवार घोषणा



बिर्तामोड-नेकपा एमालेले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कन्काई नगरपालिकाको वडा नम्बर ६ मा उम्मेदवार घोषणासहित सम्पर्क कार्यालय स्थापना गरेको छ ।

एमालेले वडा नम्बर ६ को वडाध्यक्षका लागि तुलाराम बस्नेतलाई सर्वसम्मत उम्मेदवार घोषणा गरेको हो । नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले बस्नेतलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाइएको घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बराल, केन्द्रीय सदस्य हरि राजवंशी, झापा जिल्ला इन्चार्ज रोमनाथ ओली लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

नेकपा एमालेले उपनिर्वाचनलाई लक्षित गरेर चम्पापुर चोकमा एमालेको सम्पर्क कार्यालय समेत स्थापना गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार ००:००  ९ : ०५ बजे