१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

दोहोरो पद छोड्न सहकारी सञ्चालकलाई निर्देशन



बिर्तामोड-सहकारी विभागले आगामी ३० दिनभित्र दोहोरो पद छोड्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन दिएको छ । विभागले बुधबार सूचना जारी गरी सहकारी सञ्चालकहरूलाई यस्तो निर्देशन दिएको हो ।

एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था छ । तर, कतिपय सञ्चालक दुईवटा सहकारी संस्थाको सञ्चालकमा बहाल छन् ।

विभागले कोही दोहोरो पदमा बहाल रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई निर्देशन दिएको हाे ।

सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेले निर्देशन कार्यान्वयन भए नभएको सम्बन्धमा अनुगमन गरी कारबाही गरिने बताए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार ००:००  ८ : ०१ बजे