८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

नेपाल औषधि बिक्री प्रतिनिधि मेचीको ५५ औँ स्थापना दिवस



बिर्तामोड-नेपाल औषधि तथा बिक्री प्रतिनिधि मेची इकाईको ५५ औँ स्थापना दिवस बुधबार मनाइएको छ । स्थापना दिवसका अवसरमा बिर्तामोडमा मोटरसाइकल र्याली आयोजना गरिएको छ ।

स्थापना दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ । कार्यक्रममा बोल्दै बिक्री प्रतिनिधिका केन्द्रीय सचिव डिकेन्द्र रिजालले संगठनको ऐतिहासिक महत्व रहेको बताए ।

सचिव रिजालले मेचीमा रहेका २०० सदस्यले औषधि कम्पनी उद्योगबाट समयमा तलब नपाउने गरेको बताउँदै त्यसका लागि लड्ने उल्लेख गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य भुपाल निरौला, औषधि बिक्री प्रतिनिधि मेचीका संस्थापक अध्यक्ष पञ्च लिम्बू, संस्थापक सचिव विनोद आचार्य, जिल्लाका पूर्व अध्यक्ष एकराज सुवेदी, सल्लाहकार हरि पौडेल लगायतले संगठित एकताबाट मात्रै हित हुने बताएका छन् ।

र्यालीपछि वृक्षारोपण गर्दै कोणसभा समेत गरिएको थियो । पुरानो कार्यसमितिलाई सोही अवसरमा विदाई पनि गरिएको छ । कार्यक्रम कृष्ण पौडेलको अध्यक्षतामा भएको थियो ।

सचिव दिपेश संग्रौलाले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हेमन्त निरौलाले स्वागत मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार ००:००  १० : ४२ बजे