पाँचथर-लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बहुविवाह रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय रविले समुदायमा गएर बहुविवाह रोकथाम सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ रवि बजारमा १६ दिने अभियान अन्तर्गत बहुविवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरी सहायक निरीक्षक टेकनाथ पौडेलले बताए ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी तथा सदस्य र बुद्धिजीवीको सहभागिता रहेको थियो ।