२ असार २०८२, सोमबार | Tue Jun 17 2025

हल्दीबारीको हुलाकी राजमार्गमा दुर्घटना : दुई जनाको मृत्यु



बिर्तामोड -झापाको हल्दीबारी-५ स्थित हुलाकी राजमार्गमा बिहिबार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

राजगढबाट जलथलतर्फ आउँदै गरेको मे १ ज ३२ ६१ नम्बरको पिकअप गाडीले मे ९ प ९६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । दुर्घटनाका घाइतेलाई तत्काल उपचारका लागि बिर्तामोडको बीएन्डसी हस्पिटल लगिएको थियो ।

झापा प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले पिकअप चालक झापा भद्रपुर २ का ३७ वर्षीय दिपेन राईलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रहरीका अनुसार मृतकको नाम खुल्न बाँकी छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार ००:००  ९ : ०२ बजे