काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाजमा आगो लागेको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको हो ।
विमानस्थलमा अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । जहाज उड्ने क्रममा दुर्घटना भएको हो ।
एयरलाइन्सको जहाजबाट क्याप्टेन मनिष शाक्यको उद्धार गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले क्याप्टेन शाक्यलाई उद्धार गरी केएमसी अस्पताल लगिएको जानकारी दिए ।
धावनमार्ग छाड्नासाथ जहाज भुईमा बजारिएको थियो । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए ।


















