११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

तलब नपाएपछि शिक्षक कर्मचारीद्वारा नगरपालिकामा तालाबन्दी



सप्तरी-शिक्षक र कर्मचारीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । कार्यालयमा तालाबन्दी भएपछि नगरपालिकाको काम कारबाही प्रभावित भएको छ ।

दशैं खर्चसहित विगत ५ महिनादेखि तलब नपाएको जनाउँदै शिक्षक र कर्मचारीले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले कार्तिक ६ गतेदेखि कार्यालय अगाडि धर्ना दिँदै आएका थिए ।

आन्दोलन परिचालन समितिका संयोजक अशोक कुमार यादवका अनुसार तलब निकासाका लागि पटकपटक नगरप्रमुख वीरेन्द्र माझीलाई लिखित र मौखिक आग्रह गरिएको थियो ।

नगरपालिकाले शिक्षक कर्मचारीको समस्या समाधानका लागि अग्रसरता नदेखाएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको संयोजक यादवले बताए । उनले माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रमबाट फिर्ता नहुने जनाएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार ००:००  ८ : ३४ बजे