झापा-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा रहेको सरकारले भ्रष्टाचार विरुद्ध कदम चालेपछि कांग्रेस र एमालेबीच अप्राकृतिक सत्ता गठबन्धन बनेको आरोप लगाएका छन् ।
नेकपा माओवादी केन्द्र गौरीगञ्ज गाउँ कमिटीको अधिवेशनलाई सोमबार सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले भ्रष्टाचारका ठूला फाइल खुल्ने भएपछि आफूलाई जबरजस्ती सरकारबाट हटाइएको बताए ।