११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

नेपालमा बाघको सङ्ख्या बढ्यो : बासस्थान चुनौतिपूर्ण



झापा-नेपालमा बाघको सङ्ख्या बढेको सरोकारवालाले बताएका छन् । वृद्धिका लागि राखिएको लक्ष्यभन्दा बढी सङ्ख्यामा बाघ हुर्किएका हुन् ।

दुई वर्षअघिको सर्वेक्षण अनुसार नेपालमा वयस्क बाघको सङ्ख्या ३५५ छ । तीमध्ये १२८ बाघ चितवन राष्ट्रिय निकुञ्जमा बस्ने गरेको सुत सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।

बाघको सङ्ख्या बढेपछि उनीहरूको बासस्थान चुनौतिपूर्ण बन्दै गएको छ । यसअघि सन् २०१० मा भएको विश्व बाघ सम्मेलनमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने सहमति भएको थियो ।

विश्व बाघ सम्मेलनका बेला नेपालमा १२१ बाघ थिए । यसलाई दोब्बर बनाउने सरकारको लक्ष्य थियो । तर, लक्ष्यभन्दा बढी नेपालमा बाघको सङ्ख्या पुगेको छ ।

सङ्ख्या बढे पनि उचित बासस्थानको व्यवस्थापन चुनौतिपूर्ण रहेको सूचना अधिकारी तिवारी बताउँछन् । आहारा व्यवस्थापनमा समेत उत्तिकै ध्यान दिनुपर्ने स्थिति छ ।

बासस्थान र आहाराको उचित व्यवस्थापन नहुँदा बाघ बस्तीमा पस्न थालेकाे घटनाप्रति सरोकारवाला सचेत हुनुपर्ने बेला आइसकेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार ००:००  ५ : १० बजे