झापा-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन आफूहरूको एजेन्डा हुने बताएका छन् । माओवादी अध्यक्ष प्रचण्डले उपनिर्वाचनमार्फत सुशासनको एजेण्डा अगाडि सारिन लागेको बताएका हुन् ।
आगामी मङ्सिर १६ मा स्थानीय तहको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा भ्रष्टाचार विरोधी अभियानलाई निरन्तरताको रुपमा अघि बढाउन उनले पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
माओवादी केन्द्र नेतृत्वको सरकारले भ्रष्टाचारीविरुद्ध थालेको कारबाहीका कारण जनस्तरमा महत्वपूर्ण सन्देश गएको जिकिर गर्दै माओवादी अध्यक्ष प्रचण्डले जोडतोडका साथ यो एजेन्डालाई उठाइने बताए ।