बिर्तामोड-प्रेस चौतारी नेपाल एसोसिएट प्रदेशका उपाध्यक्ष श्यामसुन्दर पुडासैनीको शुक्रबार राति निधन भएको छ ।
नेपाल भ्युज अनलाइनका उपसम्पादक समेत रहेका ३३ वर्षीय पुडासैनीको उपचारका क्रममा शुक्रबार राति निधन भएको हो ।
पुडासैनीको निधनप्रति प्रेस चौतारी नेपालले गहिरो दुःख व्यक्त गरेको छ । श्रमजीवी पत्रकारिताको आन्दोलनमा अपुरणीय क्षति भएको जनाउँदै प्रेस चौतारीले गहिरो दुःख प्रकट गरेको हो ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले विभिन्न सञ्चारमाध्यममार्फत सामाजिक रूपान्तरणको अभियानमा पुडासैनीले निर्वाह गरेको भूमिका र योगदान सधैं स्मरणीय हुने बताए ।
















