११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

काँकडभिट्टाबाट कार्तिक २३ गतेदेखि नेपाली कांग्रेसको ‘मेची महाकाली युवा सङ्कल्प यात्रा’



झापा-नेपाली कांग्रेसले कार्तिक २३ गतेदेखि झापाबाट ‘मेची महाकाली युवा सङ्कल्प यात्रा’ सुरु गर्ने भएको छ । नेपाली कांग्रेसका युवा नेताको संयोजनमा संकल्प यात्रा सञ्चालन हुन लागेको हो ।

नेपालको पूर्वी सीमा काँकडभिट्टाबाट सुरु हुने युवा सङ्कल्प यात्रा मङ्सिर ४ गते महाकाली पुगेर समापन हुने सङ्कल्प यात्राका संयोजक भूपेन्द्रजंग शाहीले बताए ।

युवा नेतृ राधिका हमालका अनुसार विभिन्न १० बुँदे एजेन्डासहित युवा सङ्कल्प यात्रा सञ्चालन हुन लागेको हो । स्वदेशमा रोजगारीका अवसर सिर्जना, सहकारी पीडितका लागि न्याय लगायतका विषयमा युवाले आवाज उठाउनेछन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार ००:००  ९ : १४ बजे