१२ चैत्र २०८१, बुधबार | Thu Mar 27 2025

कांग्रेसका भातृ संस्थालाई महाधिवेशन गर्न चैत सम्मको समय



झापा-नेपाली कांग्रेसले आफ्ना १० वटा भातृ संगठनलाई आगामी चैतभित्र अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो ।

असार १५ भित्र महाधिवेशन सक्नुपर्ने पूर्व निर्धारित समय सकिएपछि नेपाली कांग्रेसले आगामी चैत मसान्तसम्म म्याद थप्ने निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकले भातृ संस्थाहरूको महाधिवेशन गराउन अधिकार सम्पन्न फरक-फरक निर्देशक समिति गठन गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार ००:००  ७ : ४१ बजे