९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

सुनसरीमा रासायनिक मलको अत्याधिक प्रयोग : बिग्रँदै छ माटोको सन्तुलन



सुनसरी-सुनसरीमा रासायनिक मलको प्रयोग अत्याधिक हुने गरेको पाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड इटहरीले यसको पुष्टि गरेको हो ।

किसानले चाहिनेभन्दा बढी रासायनिक मल प्रयोग गर्न थालेपछि माटोको उर्वरा शक्ति कम हुँदै गएको अवस्था छ । उत्पादन बढाउनकै लागि किसानले अत्याधिक मात्रामा मलको प्रयोग गर्दै आएका छन् ।

सुनसरीमा वार्षिक १२ हजार मेट्रिक टन भन्दाबढी रासायनिक मल प्रयोग भइरहेको कृषि सामग्री कम्पनीले जनाएको हो । अघिल्लो वर्ष १० हजार ५०० मेट्रिक टन रासायनिक मलको प्रयोग भएको थियो ।

रासायनिक मलको प्रयोग कम गर्दा बाली नफस्टाउने जनाउँदै किसानले अत्याधिक मात्रामा मलको प्रयोग गर्दै आएकाे कृषि सामग्री कम्पनी लिमिटेड इटहरीका सूचना अधिकारी राम काफ्लेले बताए ।

सुनसरीमा डिलर लिएका १३१ वटा कृषि सहकारी संस्थाले रासायनिक मल लगेर किसानलाई बेच्दै आएका छन् । कृषि अनुसन्धान केन्द्र तरहरा, बिउबिजन अनुसन्धान केन्द्र झुम्का र जुट अनुसन्धान केन्द्र इटहरीले पनि रासायनिक मलको कारोबार गर्छन् ।

किसानले अत्याधिक मात्रामा रासायनिक मलको प्रयोग गर्दा माटोको सन्तुलन बिग्रदै गएको कृषि अनुसन्धान कोशी प्रदेश तरहराका बाली विज्ञान अधिकृत विनोद यादवले बताए ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार ००:००  १० : ०५ बजे