झापा- बिर्तामोड १० मा उद्घोषण, माइन्युट लेखन तथा फरदर करियर सम्बन्धी तालिम शुरु भएको छ । बिर्तामोड नगरपालिका १० को आर्थिक सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा तालिम सुरु भएको हो ।
एसईई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थी लक्षित गरी शुरु भएको तालिमको बिर्तामोड नगरपालिका १० का अध्यक्ष दुर्योधन गुरुङले उदघाटन गरेका छन् । उद्घाटन कार्यक्रम बोल्दै अध्यक्ष गुरुङले सिकेको ज्ञानलाई व्यवहारमा उतार्नु पर्ने बताए ।
कार्यक्रममा वडा सदस्य पृथ्वी बस्नेत, महेन्द्र ज्योति माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भवानी शिवाकोटी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता रहेको कार्यक्रममा संयोजक सञ्जु शिवाकोटीले स्वागत तथा नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारीले औचित्यमाथि प्रकाश पारेकी थिइन् ।
सञ्चार गृहकी कार्य समिति सदस्यद्वय सञ्जु शिवाकोटी र टीका पोखरेलको संयोजनमा सञ्चालित तीन दिवसीय तालिमको पहिलो दिन हिमालय मल्टीपल क्याम्पस धुलाबारीका सहायक प्रधानाध्यापक सागर शिवाकोटीले फरदर करियर सम्बन्धी प्रशिक्षण दिएका छन् ।
सह सचिव ज्योस्ना श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।