२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

इलाममा तयारी चियाको उत्पादन घट्यो : अन्तर्राष्ट्रिय मागअनुसार निर्यात गर्न मुस्किल



इलाम-इलाममा यसवर्ष तयारी चियाको उत्पादन घटेको छ । उत्पादन घटेपछि स्थानीय व्यवसायीले मागअनुसार तयारी चिया निर्यात गर्न सकिरहेका छैनन् ।

चियाको अन्तर्राष्ट्रिय माग बढी भएपनि उत्पादन कम भएकाले मागे जति निर्यात गर्न नसकिएको चिया व्यवसायी शरद सुब्बाले बताए । यस वर्ष विदेशी व्यापारीले दुई हजार किलो ‘स्पेसल टी’ माग गरेका छन् ।

सुइरोबाट बनाइने तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी छ । तर, यसवर्ष एक हजार पाँच सय किलो मात्रै उपलब्ध गराउन सकिने अवस्था रहेको चिया व्यवसायी सुब्बाले जानकारी दिए ।

कोरोना सङ्क्रमण सुरु भएयता चियाको अन्तर्राष्ट्रिय बजार प्रभावित भएको थियो । विस्तारै निर्यातको वातावरण बन्दै गएको छ ।

यसवर्ष गोल्डेन ब्ल्याक, ग्रीन टी लगायत फरक स्वाद र गुणस्तरको २० क्वीन्टल तयारी चिया फ्रान्स पठाइएको तीनजुरे चिया कारखानाले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार ००:००  ६ : २९ बजे