९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

मलेसिया जाने नेपाली श्रमिकको सङ्ख्या घट्यो



झापा-रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको सङ्ख्या घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा ज्यादै कम नेपाली रोजगारीका लागि मलेसिया गएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार साउनमा १ हजार ३४४ जना नेपाली मलेसिया गएका छन् । अघिल्लो आर्थिक वर्षको साउनमा ९ हजार २३८ जना श्रमिक रोजगारीका लागि मलेसिया गएका थिए ।

मलेसियाले आप्रवासी श्रमिक लैजान कटौती गरेपछि रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको विभागका निर्देशक गुरुदत्त सुवेदीले बताए ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार ००:००  ९ : १४ बजे