८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको शिक्षालयमा तालाबन्दी



बिर्तामोड-झापाको बिर्तामोडस्थित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सञ्चालन गरेको प्राविधिक शिक्षालयमा तालाबन्दी भएको छ । शिक्षालयमा कार्यरत प्रशिक्षकहरूले बुधबार प्रशासन शाखामा तालाबन्दी गरेका हुन् ।

संस्थापक प्रशिक्षक नवीन किशोर बिमलीले पाँच महिनादेखि तलब नपाएपछि तालाबन्दी गर्नुपरेको बताए । उनका अनुसार करिब ४० लाख रुपैयाँ तलबबापत भुक्तानी गर्न बाँकी छ ।

यसअघि शिक्षालय व्यवस्थापनले असार महिनाभित्र सबै तलब भुक्तानी गर्ने सहमति गरेको थियो । तर, सहमति कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिएका प्रशिक्षकहरुले तालाबन्दीको बाटो रोजेका हुन् ।

शिक्षालय व्यवस्थापनको कमजोरीका कारण समस्या भएको जनाउँदै प्रशिक्षकहरूले यसअघि सामूहिक राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार ००:००  ४ : ३३ बजे