८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

सौर्य एयरलाइन्सको विमान दुर्घटना : सरकारद्वारा जाँचबुझ आयोग गठन



काठमाडौँ– सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले जाँचबुझ आयोग गठन गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

आयोगकाे सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् ।

मन्त्री गुरुङका अनुसार आयोगको सदस्यसचिवमा नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल तोकिएका छन् । आयोगलाई ४५ दिन म्याद दिइएको छ ।

सौर्य एअरको बिमान काठमाडौबाट पोखरा उडेलगत्तै बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमै दुर्घटनामा परेको थियो । चालक दलका सदस्यसहित १९ यात्रु सवार बिमानमा पाइलट मनिष शाक्यबाहेक सवैको ज्यान गएको छ ।

आगामी दिनमा हवाइ दुर्घटना हुन नदिन आन्तरिक वायु सेवा चलाइरहेका सबै वायुसेवाले नियमित हवाई परीक्षण गराउनुपर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसको सघन अनुगमन गर्ने निर्णय समेत भएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार ००:००  ९ : १३ बजे