१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

बाढीले बगाएर बेपत्ता भएकी १४ वर्षीया बालिकाको शव फेला



झापा-खोलाले बगाएर बेपत्ता भएकी कचनकवलकी १४ वर्षीया बालिका निहारिका राजबंशीको शव भेटिएको छ । बेपत्ता भएको स्थानबाट करिव दुई किलोमिटर दक्षिण बालिकाको शव भेटिएको हो ।

खोलाको डिलमा रहेको धानबारीमा बालिकाको शव भेटिएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।

जमुना खोलाको कज्वे तर्दै गर्दा कचनकवल गाउँपालिका १ चमरभिट्टाकी राजवंशीलाई शुक्रबार बाढीले बगाएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार ००:००  १ : ३७ बजे