बिर्तामोड-भद्रपुर नगरपालिकाले विषादी नियन्त्रण सम्बन्धमा सचेतना कार्यक्रम आयोजना गरेको छ । सोमबारदेखि तीन दिनसम्म सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
नगरपालिकाको कृषि विकास शाखाले आयोजना गरेको सचेतना कार्यक्रममा स्थानीय कृषकहरूको सहभागिता रहेको छ । सचेतना कार्यक्रमको नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका छन् ।
समुदायमा विषादीको प्रयोग बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि नगरपालिकाले सचेतना अभियान सुरु गरेको हो । विषादी विष हाे, औषधि होइन भन्ने नाराका साथ सचेतना अभियान सञ्चालन भइरहेको छ ।