११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

गोलधापको औषधि पसलको शौचालयमा शिशु मृत फेला



बिर्तामोड-झापाको हल्दीबारी-१ गोलधापस्थित नेपाल हेल्थ क्लिनिक सेन्टरको शौचालयमा मृत अवस्थाको शिशु फेला परेको छ । शनिबार दिउँसो मेडिकलको शौचालयमा मृत शिशु भेटिएको प्रहरीले जनाएको हो ।

प्रहरीले सिसी फुटेजका आधारमा शिशु जन्माएर फरार भएकी महिलाको खोजी गरिरहेको छ । वडाध्यक्ष देवी थापाले सिटी रिक्सामा चढेर आएकी महिलाको खोजी भइरहेको बताए ।

शौचालयमा शिशु जन्माएपछि ती महिला भागेको जनाइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार ००:००  ९ : ४६ बजे