१ असार २०८२, आइतबार | Sun Jun 15 2025

पाथिभरामा केवलकार निर्माणको विरोधमा मेची राजमार्ग बन्द



झापा-ताप्लेजुङको पाथिभरा मन्दिरमा केवलकार निर्माण गर्न नहुने जनाउँदै आन्दोलनरत समूहले आज मेची राजमार्गमा अनिश्चितकालीन बन्दको आह्वान गरेको छ ।

मेची राजमार्ग बन्दका कारण लामो दुरीका यातायातका साधन चलेका छैनन् । छोटो दूरीका सवारी साधन भने चलिरहेको जनाइएको छ ।

मेची राजमार्गमा बन्द आह्वान गरिएपछि इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारी साधन झापामा रोकिएका छन् । पाथिभरामा केवलकार बनाउन लागिएपछि आन्दोलन सुरु भएको हो ।

आन्दोलनका क्रममा पक्राउ परेका तीनजनालाई रिहा गर्नुपर्ने र तल्लो फेदीबाट सशस्त्र र जनपथ प्रहरीको टोली फिर्ता गर्नुपर्ने लगायतका माग विभिन्न संघ संगठनले राखेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार ००:००  ८ : ३४ बजे