१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय



झापा-सत्ता राजनीतिमा एमालेसँग नजिकिएको भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्तत प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने निष्कर्ष निकालेको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबूँदे सहमतिलाई सकारात्मक भन्दै प्रारम्भिक रूपमा नयाँ सरकारलाई समर्थन गर्ने संकेत जनाएको राप्रपा अन्तत विश्वासको मत नदिने निर्णयमा पुगेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

माओवादी केन्द्रसँगको सत्ता गठबन्धन तोड्दै नेकपा एमालेले कांग्रेससँग सहमति गरेपछि प्रधानमन्त्री ओलीको नेतृत्वमा गत साता नयाँ सरकार गठन भएको थियो । सरकार गठन लगत्तै आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने कार्यसूची छ ।

विश्वासको मत लिने पूर्वसन्ध्यामा राप्रपाले वर्तमान सरकारलाई समर्थन नदिने निर्णय गरेको हो ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार ००:००  ९ : ०५ बजे