१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

बुट्टाबारीमा परालको कुन्युमा आगलागी : ट्रिपर जल्दा १० लाखको क्षति



बिर्तामोड-झापाको बिर्तामोड ६ मसाले टोलस्थित अर्जुन थलानको परालको थुप्रोमा आगलागी भएको छ । गएराति साढे एक बजे आगो लागेको हो ।

आगलागीबाट नजिकै रहेको पञ्चसेवा ग्यारेजमा मर्मत गर्न राखिएको सक्षम निर्माण सेवाको बा ०३-००१ क ०३३१ नम्बरको ट्रिपरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगलागीबाट ट्रिपरमा १० लाख बराबरको क्षति भएको र स्थानीयको सहयोगमा राति २:३० बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार ००:००  ९ : ०७ बजे