९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026

९२ हजार विदेशी श्रमिक भित्र्याउने इजरायल सरकारको निर्णय



झापा-श्रम बजारमा जनशक्ति अभाव हुँदै गएपछि इजरायल सरकारले तत्काल ९२ हजार विदेशी श्रमिक भित्र्याउने निर्णय गरेको छ । विदेशी श्रमिक सम्बन्धी उच्चस्तरीय समितिको बैठकले झण्डै १ लाख श्रमिक आवश्यक रहेको निष्कर्ष निकालेको हो ।

श्रम बजारमा विदेशी श्रमिक अभाव भएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेता न्याहुले गत मे १५ मा विदेशी श्रमिकको कोटा तोक्न उच्चस्तरीय समिति गठन गरेका थिए ।

समितिको लगातार बसेको चौथो बैठकले कोटा निर्धारण गर्दै कृषि उद्योग होटल र रेस्टुरेन्ट क्षेत्रका लागि श्रमिक माग्ने निर्णय गरेको हो । यद्यपि, इजरायलले कुन देशबाट श्रमिक माग्ने भन्ने विषयमा भने केही खुलाएको छैन ।

रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा हजारौं नेपाली कार्यरत छन् । विदेशी श्रमिक भित्र्याउने इजरायल सरकारको यो निर्णयबाट थप नेपाली श्रमिक लाभान्वित हुने अपेक्षा गरिएको छ। ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार ००:००  ८ : ४४ बजे