२६ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025

विपद्का घटना : पीडित परिवारलाई १ लाखका दरले राहत



खोटाङ-कोशी प्रदेश सरकारले विपतबाट मृत्यु भएका चार जनाका पीडित परिवारलाई एक लाख रूपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ ।

जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको हो । उपलब्ध रकम पीडित परिवारलाई वितरण गरिएको छ ।

विपतमा परेर सिद्धिबहादुर श्रेष्ठ, मधुराज राई,सावित्रादेवी नेवार र पदमकुमारी घिमिरेको मृत्यु भएको थियो । मृतकका परिवारलाई एक लाखका दरले राहत रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार ००:००  १० : ४० बजे