ताप्लेजुङ-अरिङ्गालले टोकेर घाइते भएका ३२ वर्षीय एक युवकको मृत्यु भएको छ । ताप्लेजुङको श्रीजङ्गा गाउँपालिका ७ खेवाङका दीपेन लिम्बूको मृत्यु भएको हो ।
अरिङ्गालले टोकेर गम्भीर घाइते भएका उनलाई पाँच दिनअघि झापाको बिर्तामोडस्थित वीरता सिटी हस्पिटलमा भर्ना गरिएको थियो । सोमबारराति लिम्बूको मृत्यु भएको ताप्लेजुङका प्रहरी प्रमुख रवि रावलले बताए ।
आफ्नै अलैँची बगानमा काम गर्ने क्रममा लिम्बूलाई अरिङ्गालले टोकेको थियो ।